
आइसिटी अवार्ड २०२० को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटिी अवार्ड अन्तर्गतका विभिन्न ४ विधाहरुमा छनौट भएका उत्कृष्ट ५ को लागि पब्लिक भोटिङ सञ्चालन गरिएको आयोजकले जनाएको छ । नाभेम्बर ३० तारिखसम्म सञ्चालन हुने पब्लिक भोटिङमा इसेवा, एसएमएस र इमेल मार्फत विश्वभरीबाट भोट गर्न सकिनेछ ।