
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार द सोल्टी होटेल काठमाडौंमा आयोजना भएको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आइसिटी अवार्ड २०२१ प्रदान गरिएको थियो । छ्रैटौं संस्करणको रुपमा आयोजना भएको आइसिटी अवार्डको विगत ५ महिनादेखि छनौट प्रकृया जारी रहेको थियो । यस वर्षको अवार्डमा विभिन्न ११ विधामा ४०० बढिको अनलाइन नोमिनेशन प्राप्त भएको थियो ।