
सगुनको शेयरमा लगानी गर्न निकै चासो र आकर्षण बढेको हिरा सुनाउँछन्। ‘शेयर लगानी भनेकै जोखिम र संभावना दुबै पाटो भएको सिक्का हो,’ उनी भन्छन् ‘सगुनमा काम गरेको र यसको स्पष्ट योजना, कार्यप्रगति र भैरहेको लागानी हेर्दा शंकाको ठाउँ छैन।’
काठमाडौं। विदेशको ठाउँ। बिरानो त लाग्छ नै। नेपाली पन, आफन्त र साथीसंगीको सम्झनाको कुरै नगरौं। त्यसमाथि भविष्य र जागिरको चिन्ता।
पाल्पा जिल्लाको जल्पा गाउँका हिरा सारुले अध्ययनसँगै जागिरको खोजीमा भारतका सहरमा निकै बर्ष बिताए।
एकदिन नोकरी डटकममार्फत हिराले जागिरका लागि आफ्नो व्यक्तिगत विवरण बुझाए। नभन्दै उनलाई फोन आयो। त्यसपछि त चमत्कार नै भयो।