
नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर (Winter Offer) उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको छ र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने छ । यो भन्दा पहिले उपलब्ध अटम अफर (Autumn Offer) अन्तर्गतका सेवाहरुमा केही थप सुविधा तथा नयाँ प्याकेज समेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ । जीएसएम प्रिपेड-पोष्टपेड तथा सीडीएमए प्रिपेड-पोष्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सकिन्छ ।