Ntc Lockdown Service | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

लकडाउनमा नेपाल टेलिकमले सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने





कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८ सम्म मुलुकलाई पूर्ण लकडाउन घोषणा गरेको छ । यस सन्दर्भमा अत्यावश्यक सेवाको रूपमा रहेको दूरसञ्चार सेवा प्रवाह गर्ने राष्ट्रको जिम्मेवार र अग्रणी सेवाप्रदायकको रूपमा नेपाल टेलिकमले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

यस कार्यका लागि आवश्यक समन्वय गर्ने ध्येयले मिति २०७६ चैत्र ११ गते निम्न अनुसारका निर्णयहरू गरिएको व्यहोरा ग्राहकवर्गमा जानकारी गराउँदछौं:

१.    पूर्ण लकडाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकवर्गलाई निरन्तर उपलब्ध गराउन यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्ने ।

२. कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.