
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिवार होटल सोल्टी क्राउन प्लाजामा आयोजना हँुदै छ । लिभिङ विथ आइसिटीको आयोजनामा हुने हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनालेको हिमालय टेलिभिजन, डिस होमका च्यानल, अनलाइन, हाम्रो पात्रो एप, फेसबुक र युट्युबबाट समेत प्रत्यक्ष प्रसारण हुनेछ ।