
अहिलेको यो आधुनिक डिजिटल संसारमा प्रभावकारी रूपमा आफ्नो व्यक्तिगत वित्त(finance) को व्यवस्थापन गर्न महत्त्वपूर्ण भएको छ । हामीले दैनिक रूपमा विभिन्न कारोबार गरिरहेका हुन्छाैं, त्यसमा हाम्रो खर्च कहाँ कहाँ भयो र आम्दानी कता कता भयो भनेर ट्रयाक गर्न एककिसिमको चुनाैती नै बन्ने गर्छ । यद्यपि, लोकप्रिय एप हाम्रो पात्रोको डिजिटल भुक्तानी प्लेटफर्म HamroPay ले आम्दानी र खर्चको हिसाबकिताब राख्न पहिलेको तुलनामा धेरै सजिलो र सहज बनाएको छ ।
