
आजको संसारमा मोबाइल फोन हाम्रो दैनिक जीवनको अत्यावश्यक हिस्सा भएको छ । चाहे यो परिवार र साथीहरूसँग सम्पर्कमा रहन होस् या इन्टरनेट ब्राउजिङ गर्न । कहिलेकाही जानकारीको लागि होस् या कहिलेकाही मनोरञ्जनको लागि, उद्देश्य जे भएपनि हामी आफ्नो फोनमा निर्भर हुने गर्दछौं । त्यसैले यदि हामी सावधान भएनौं भने हाम्रो फोनहरू टपअप गर्दा थुप्रै पैसा खर्च हुनसक्छ । ति खर्चहरू कम गर्न हामी केही सरल तरिकाहरू अपनाउन सक्छौं ।
