भएभरको जेथो- मेलो खानपान बेचेर ।
खोई कहाँ गए तिनिहरू दोकान बेचेर ?
भर्खर अर्का एकजनाले देश छोड़े अरे ।
उनले भन्दै आएको 'जय स्वाभिमान' बेचेर ।।
तिमिहरूलाई एउटै कुरा म के भन्छु भने ।
गरेर खानु, नखानु आफ्नो पहिचान बेचेर ।।
कहाँ पुगिन्थ्यो होला यदि हिड्नु हो भने ।
तमाम सपना मध्यबाट दुई-चारथान बेचेर ।।
बनाउन त मन्दिर बनाएको छ मान्छेले ।
तर आफै भित्रको उसको भगवान बेचेर ।।
-----------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: