चौतारिको बुढो वर छैन आजभोलि !
बरमुनिको मेरो घर छैन आजभोलि !!
सपनाको सुन्दर महल गाउँमा बनाउने !
थियो रहर कुनैबेला छैन आजभोली !!
जानेबेला मेरिआमा रुदै भन्नुहुन्थ्यो !
प्राकृतिको कुनै भर छैन आजभोली !!
उजाडियो मुटुमाझ भुकम्प गएपछि !
मसानघाट र गाउँमा अन्तर छैन आजभोली !!
मसानघाट र गाउँमा अन्तर छैन आजभोली !!!
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: