चिट्ठी लेखी म, प्यार पठाउने छु।।
साथमा सानो, उपहार पठाउने छु।।
जन्म घर छाडि म, आउछु भन त।।
तिमी लाई लिन म कार पठाउने छु।
धन अनि मन , तिमी के चाहन्छौ।।
जे चाहन्छौ भन, अपार पठाउने छु।
के गर्छौ निर्णय, तिम्रो हातमा छ।।
सगै गुलाफ र, हतियार पठाउने छु।
यदि मेरो माया, इन्कार गर्याै भने।
म मर्दैछु भनेर, समाचार पठाउने छु।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: