धेरै टाढा छु आजकाल , नजरमा उनको
चुमेको छैन अझै पनि, अधरमा उनको !
एक्लै यात्रा गर्दैछु आजसम्म, आँसु लुकाएर
मायालु प्रेमी छ साथ दिने, सफरमा उनको !
म याद भुलाउन लागे, उनी नयाँ प्रेमीसँग
आजकाल छुट्टै संसार छ रे, सहरमा उनको !
कयौं रात बित्यो, उनकै यादमा चुरोट तानेर
मलाई पनि बेचैन छ, असरमा उनको !!
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: