Ramprasad Gaire (Palpali) · Aug १५, २०१६
हामी पनि देशको लागी एक फुल बनौं कि
अवसरवादी सोंचको तिखो सूल बनौं कि
चरम सीमा शोषण गरिब जनता माथी
जनताको रक्षा गर्दै देशको कूल बनौं कि
क्रान्तिको विचारसंगै व्यवहार हुनेलाई
एउटै धारमा त्यो मोर्चा कस्ने मूल बनौं कि