उ पनि त् परदेश, गास खोज्न हिड्यो ।।
रुपैया धन, पैसाको, रास खोज्न हिड्यो ।।
स्वदेशमा कुनै पनि सपना न देखे पछी
बनायो राहदानी, बास खोज्न हिड्यो ।।
जब उ आफ्नैबाट पनि हेपिन सुरु हुन्छ
जिउदो शरीरमा, सास खोज्न हिड्यो ।।
आफैले आफुलाई कमजोर देखे पछि
खाडी मा झिनो, आस खोज्न हिड्यो ।
रुपैया धन पैसाको, रास खोज्न हिड्यो ।।
उ पनि त् परदेश, गास खोज्न हिड्यो ।।
......
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: