Binod Subedi · Aug १२, २०१६
सुनेर तिम्रा सवाल मुटु फुटेर आयो
टुट्यो आशाको ताल मुटु फुटेर आयो
मेरो निस्छल प्रेम दुई किनारा बनार्इ
बस्यो जातको पर्खाल मुटु फुटेर आयो
कलोपाटी माथी लेखियको अक्षर जस्तै
भन्यौ बिर्सी तत्काल मुटु फुटेर आयो
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी