जानेलाई कहाँ सकिन्छ बोलाउन आफ्नो सँघार भित्र
न सबैलाई रोक्ने सामर्थ्य हुन्छ आफ्नो अधिकार भित्र !
माैन वस्नु पनि एउटा विकल्प बन्दो रहेछ यही सम्झेर
आखिर बाच्नु नै त छ उ पनि म पनि यही सँसार भित्र !
घर छोड्यो गाउँ छोड्यो देश समेत छोड्यो र पनि
सबथोक अट्यो उस्को कहानी अटेन अखबार भित्र !
कसैको विश्वास मा त उ दिन कटाई रहेको हुदो हो
बाचोस पनि कसरी भेटेसी आघात त्यही आधार भित्र !!
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्
Liked by: