कसैको बयान गरेर गजल लेखे
उनकै प्यारमा परेर गजल लेखे!!
उनको त्यो हेराईले घायल भयो मन
हिजो त उनकै नजिक सरेर गजल लेखे
उनका नजरका तिरहरू लागे मुटुभरी
दिलभरी उनकै माया भरेर गजल लेखे
उनी बिना मत बाच्नै नस्कने भय यार
मुटुमा उनकै नाम केरेर गजल लेखे
खै कसरी राखु प्रेम प्रस्ताव उनलाई
त्यो शुन्दर मुहार हेरेर गजल लेखे!!
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: