टुटेपछिको नाता गास्नुको के अर्थ ।
सबै लुटेपछी फेरि ढाड्नुको के अर्थ ।।
सधैंको दु:ख अनि अरुको हेलामा ।
पलपल मरेर बाँच्नुको के अर्थ ।।
वेदनाको गाउँ मुटु भरी बोकि ।
रङ्गमन्च उफ्री- उफ्री नाच्नुको के अर्थ ।।
कामै नलाग्ने गरि फुटेका गिलास ।
पुरा दिन लगाई माज्नुको के अर्थ ।।
तिमिले ठुलै जित हात पारे पनि ।
अरुलाई रुवाएर आफू हास्नुको के अर्थ ।।
-इकमान लामा (इमाला काभ्रेली तावा)
डाँडा गाउँ-८, फुलडाँडा, काभ्रे
हाल बनेपा, नेपाल
imalatmg@gmail.com
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: