भर्ना खुल्यो! भर्ना खुल्यो !! मनको चाैतारीमा । डाँको हाल्दै निम्तो दिएँ सबै दाैंतरीमा ।। दुःख लुकार्इ हाँस्ने थलो फेसबुक भाछ अाजभोली । छाट्दै हिंड्छु सुन र हिरा मनको चाैतारीमा ।।
भर्ना खुल्यो! भर्ना खुल्यो !! मनको चाैतारीमा ।
डाँको हाल्दै निम्तो दिएँ सबै दाैंतरीमा ।।
दुःख लुकार्इ हाँस्ने थलो फेसबुक भाछ अाजभोली ।
छाट्दै हिंड्छु सुन र हिरा मनको चाैतारीमा ।।
जसलार्इ जस्तो उसलार्इ उसतै दिने बानि परिसक्यो ।
धेरैलार्इ सजाइसकें मनको चाैतारीमा ।।
किन डुल्नु बरालिंदै किन दुःख सम्झिकन ।
अाउ बसम् शितलू छ मनको चाैतारीमा ।।
मिली बसाैं सबैजना यो धर्तीका पाहुना हामी ।
बिना पैसा ठाउँ सिमित छ मनको चाैतारीमा ।।
अाउनुस् है त! पर्खि बस्छु उही दोबाटोमा ।
हाँसो ठट्टा, तितो पिरो मनको चाैतारीमा ।।
-रहणी मान जोरा
मुडभरा-२, खुँडखुडा, डोटी
nurbiya.ethopiyan@gmail.com
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: