मिलाउ हात समाज फेर्न संघर्ष गरौला
सफल भई बिहानी हेर्ने आसमा मरौला
मिलेर उठ दुखको पल मिलेर फ्याकाैला
खुसि खुसि हिडेर हामी अगाडी सरौला
सहिद भए साथी त् हाम्रा सपना बोकेर
जागेर भन ल खाली ठाउँ हामीले भरौला
मानब भई हामीले समाज विकास गरेर
देशमा नयाँ उज्यालो दिन किरण छरौला
नभन अब हिमाल अनि तराई तिमीले
उकाली हुदै अाेराली पनि संगै नै झरौला
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: