निरन्तर आफ्नै गतिमा बग्छिन सेती, दिनदिनै,
अत्याचार र भ्रष्टाचारको हुन्छ खेती, दिनदिनै
आवाज उठाउनेको दबाउन के मुस्किल र,
असहाय अनि निर्दोषकै त हुन्छ क्षति, दिनदिनै
नेताहरु, के निउं पाम आफ्नो नाम र पद बचाम भन्दै,
देशको नक्सा फेर्ने छलफल हुन्छ भेटी, दिनदिनै
गर्छन् ठुला ठुला कुरा, धनी-गरीब सबै समेटी समेटी,
भर्छ आफ्नै खल्ती,जनताका आशा रेटिरेटी, दिनदिनै
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: