मेरो सपनाको फुल झरेको देखे
बास्ना सकिइ कुक्रुक्क परेको देखे !
मनमनै सजाएका कति इच्छा,चाहाना थिए
ती मनका आंकक्षा दुर दुर सरेको देखे !
मनमा अब केही रहेन सम्झनाको बाहेक
खै ककस्ले ती यादहरु मेटदै गरेको देखे !
केही छैन फेरि कोपिला त पलाउला भनी बसेको
तर मनै मेरो मैले छट्पटीमा मरेको देखे !
छ्या यो सन्सार कति निर्दयी र स्वार्थि रहेछ
आफ्नो लागि बाचेको अर्काको लागि आत्महत्या गरेको देखे !!
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: