पाइन्छ र चोखो माया पत्र पठाऊँदैमा
लाइन्छ र चोखो माया पत्र पठाऊँदैमा !
थुप्रै आउछन् कुराहरु लेख्न पत्र भित्र
मागिन्छ र चोखो माया पत्र पठाऊँदैमा !
हाम्रो सम्बन्ध होस् दुनियाको उदाहरण
चाहिन्छ र चोखो माया पत्र पठाऊँदैमा !
सम्बन्ध त यस्तो होस् जुनी जुनी साथ दिने
भातिन्छ र चोखो माया पत्र पठाऊँदैमा !
एक तर्फी मायाको स्वाद बेग्लै हुन्छ अरे
मातिन्छ र चोखो माया पत्र पठाऊँदैमा !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: