मेरो पनि थिए खुशी कसैको माझ प्यारमा छु ...।
भाग्यले कहाँ पुर्याए आज समुद्रको किनारमा छु ...।।
बेदनाहरु कति कति चोटहरु पनि उस्तै उस्तै छन ...,
तर पनि किन ? उसैको निम्ति बाच्ने आधारमा छु...।
कहिले हेड कहिले टेल यी जीवनका सिक्काहरु...,
खेल उनले तेस्तै खेले जहाँ जीत संगै हारमा छु...।।
जब कोहि साथ हुदा जीन्दगी नै उज्यालो थियोे ...,
किन ? आज यस्तो लाग्छ जस्तो कि आन्धकारमा छु ।
मेरो पनि थिए खुशी कसैको माझ प्यारमा छु...,
भग्यले कहाँ पुर्याए आज समुद्रको किनारमा छु...।।
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: