Ramprasad Gaire (Palpali) · Jul ३१, २०१६
सुन्दर कोमल छ मेरो मन नदुखाउनु है पढेर जगत सजाउछुँ स्कूल नछुटाउनु है समाजमा सुगन्ध छर्न जन्मेको म अामा म छोरी बगैंचामा फुल्नेछुँ नसुकाउनु है
सुन्दर कोमल छ मेरो मन नदुखाउनु है
पढेर जगत सजाउछुँ स्कूल नछुटाउनु है
समाजमा सुगन्ध छर्न जन्मेको म अामा
म छोरी बगैंचामा फुल्नेछुँ नसुकाउनु है
हो म कोपीला भोलीको फुल पनि हुनेछु
अासुँले अामा अाफ्नै छाति नभिजाउनु है
भन्नुहुन्छ बाबा छोरा छोरी फरक हुँदैनन
घरको झमेलामा अामा अब नलगाउनु है
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी