तिमी भन्छौ नि कसरी मौनता बोल्छ
जसरी समय अनुसार सभ्यता बोल्छ
सानोतिनो कुरामै रमाउन खोज्ने म
तिमी भन्छौ मात्र यहाँ भव्यता बोल्छ
किन सुरक्षित छैनन् आफ्नै घरमा चेलिहरु
औंला उठाउँदै नारीको अस्मिता बोल्छ
भो जतिसुकै गर झुटको खेती
समय आएपछी आफै वास्तविकता बोल्छ
तिमी भन्छौ गाउँ भन्दा सहर राम्रो भनी
आएर हेर आफैं गाउँको स्वच्छता बोल्छ।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: