Pramod Gautam · Aug ३०, २०१६

थाल्छन्
गजल
सुन्न ट्याप गर्नुहोस्
आसाहरू जब केही पलाउन थाल्छन ।
तब मेरो देश अर्कै ढलाउन थाल्छन ।
योजनाका खाकाहरू निर्माण गरे पनि ।
प्रकाशन नहुँदै जलाउन थाल्छन ।
मित्र मित्र मिलि देश चलाउन खोजे पनि ।
आफ्नै मित्र रातारात गलाउन थाल्छन ।