यो जिन्दगीले पनि चोट खै कति दिन्छ।
नसा प्यारको छ, डाक्टर ओखती दिन्छ।
भिखारीहरुले के आसाले हात थाप्छन् खै
अमिरले कहाँ उनीहरुलाई सम्पत्ति दिन्छ?
तमसुक गरेर घरबार बन्दक राखे सहजैसंग
साहु महाजन पनि सम्पत्ति चाहिए जति दिन्छ।
भन्नुहोस् आइज यार आज भट्टि तिर जाउँ ।
साथीले पनि खुसी हुँदै सहजै सहमती दिन्छ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: