Ramprasad Gaire (Palpali) · Jul ३१, २०१६
छैन रोजगार देशमा युवा तिम्रो हार भयो सस्तो श्रम विदेसी गल्लीमा मन भार भयो पछी हट्ने होइन संघर्षमा लाग्नु पर्छ तिमी राष्ट्र भित्र शोषणले जनतालाई मार भयो
छैन रोजगार देशमा युवा तिम्रो हार भयो
सस्तो श्रम विदेसी गल्लीमा मन भार भयो
पछी हट्ने होइन संघर्षमा लाग्नु पर्छ तिमी
राष्ट्र भित्र शोषणले जनतालाई मार भयो
थियो बिस्वास सपना शहिदहरुको मुटुमा
दुष्टहरूको हात पर्यो बेकामको झार भयो