दुर्गती अनि उन्नति, जिन्दगी रहेछ।।
आफूसँग भए जति, जिन्दगी रहेछ।।
माया बिना जीवन, सोच्न नि सकिन्न।
साच्चै चोखो पिरती, जिन्दगी रहेछ।।
जन्म घर छाडेर त, जानै पर्ने आखिर।
नारिको लागि पति, जिन्दगी रहेछ।।
नयाँ बाबूआमा, यहि सोची बस्छन।।
हाम्रा लागि सन्तती , जिन्दगी रहेछ।।
यसरी नै यहाँ , सन्सार चलिरहेछ।।
जन्मे पछि वीरगति, जिन्दगी रहेछ।।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: