तिमीलाई मैले अब बिश्वास गर्ने आधार छैन
यसर्थ पनि मलाई बाँच्ने एउटा संसार छैन
यहीँ बुद्दभुमि छ-छ मेराे सगरमाथा आफ्नै
देशले भ्रमण बर्ष मनाउँदै सम्म प्रचार छैन
गरिब झन् कङ्गाल बन्नेछन् देश कङ्गाे बन्नेछ
धनिले गरिबप्रति गर्ने असल व्याबहार छैन
एक यात्रि यसरी पनि सफरमा निक्लिरहेछ
बाटाे सरल छैन यद्यपि पाइलामा जंघार छैन
अभाव लागिरहेछ अनि भाेकमरी चलिरहेछ
कर्णालीमा सिटामाेल छैन जहाँ सरकार छैन
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: