कि आफन्त कि पराईमा हुन्छ
फरक त आफ्नै सोचाईमा हुन्छ
बा पछि का बा हुनु हुन्छ र त
बा को अवतार दाईमा हुन्छ
सोच्न स्वतन्त्र हुन्छन सबै
तर बन्धन भोगाईमा हुन्छ
सब थोक जाहेज हुन त
माया कि लडाईमा हुन्छ
फिर्ता गर्न सकोस कोही
बच्पन पहिलो रोजाईमा हुन्छ
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: