कहिले वार त कहिले पारमा चलिरह्यो
माझीको जिन्दगी किनारमा चलिरह्यो
कसैले बिच सफरमा छोडेर गएपछि
जिन्दगी मदिराकै आधारमा चलिरह्यो
जसले वृद्ध आश्रम छोड्यो बा आमा
आज उसैको चर्चा बजारमा चलिरह्यो
दिन रात बित्यो सपना साकार भएन
यो समय पनि क्या हतारमा चलिरह्यो
धनीलाई पो दिन रात एकनास लाग्छ
गरिबको झुप्रो अन्धकारमा चलिरह्यो
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: