दुश्मनले प्रहार गर्दैछ पछाडिबाट,
म भन्छु हिम्मत भए हान अगाडिबाट ।
सत्ता बचाउन सरकार गन्दैछ टाउका ,
यता दैनिक लास आइरहन्छ्न् खाडीबाट ।
आज विश्व नारी दिवस मनाई रहँदा,
असुरक्षित छन् नारी जंगल झाडीबाट ।
विश्वास नगरौं यी नेताका भाषणहरूको,
देश विकास हुनै सक्दैन गफाडीबाट ।
चुस्नसम्म चुसे भ्रष्टले हाम्रा खुन पसिना,
बच्ने कसरी हो यी जुका, किर्नाका ढाडीबाट ?
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: