भोकमरीमा छिमेकीले अन्न दिन्न भन्छ
महाकाली बगर हाम्रो भन्न दिन्न भन्छ !
पालैपालो बोलाएर पठाउँछ कान फुकी
स्थायी सरकार कहिल्यै पनि बन्न दिन्न भन्छ !
डुबाइ दिन्छ बर्खायाममा बाँध थुनेर बेसी
पानी फाल्ने निकास पनि खन्न दिन्न भन्छ !
बहर बाच्छाजस्तै दाउँछ नोकर बनाएर
काममा जोताइ पारिश्रमिक टन्न दिन्न भन्छ !
जाती धर्म साक्षरता गणनाको कार्य गर्दा
बाटो छेक्छ जनसंख्या गन्न दिन्न भन्छ !!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: