नलगाउ भो मलाई कर हुन्न भनेपछि
छोडिदिन्छु केको डर हुन्न भनेपछि
विर्सिदेउ भुल्न सक्ने भएको छु अव
नपठाउ है खबर हुन्न भनेपछि
झुक्काउन नखोज खुवाएर मलाई
कुराउनी,खुवा,तर हुन्न भनेपछि
उनी मेरो भन्दै हिड्न छोडिदेउ अव
नमान है मेरो भर हुन्न भनेपछि
मिलनको सम्भावना नै छैन भनेपछि
किन चाहियो नामथर हुन्न भनेपछि
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: