मर्छु नै भनेर हिडे पनि मान्छेलाई मर्न डर लाग्छ,
कोहि त आएर बचाओस भन्ने,सकभर लाग्छ।
सधैं अरुको नजरमा राम्रै भैरहन्छु भन्ने नसोच्नु,
पुजा सकिएपछि फूल पनि कसिङ्गर लाग्छ।
धनिलाई पक्कै होला अर्को जुनि पाउने चाहाना,
गरिबलाई त एक जुनी बाच्न पनि भयंकर लाग्छ।
तिमीलाई बच्चा सङ्ग खेलिरहेको देखेपछी,
कहिलेकाही मलाई पनि बच्चा बन्ने रहर लाग्छ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: