परदेशमा देश प्रतिको मोह रत्ति कम भएको छैन
सम्झिनुस वीर योद्धा को साहास खतम भएको छैन
छोरालाई कलम संगै बन्दुक पढ्न सिकाएको छु
अहिले पो रणभुमिका लागि सक्षम भएको छैन
म संग मेरो जिन्दगी बाहेक अरु केही छैन मित्र
यसैले मलाई कुनै कुराको पनि अहम भएको छैन
पठाउन त राजधानीले शिंहदरबार गाउँमा पठायो
अझै सुदुर र कर्णाली किन सुगम भएको छैन
आउनुस भट्टिमा थोरै पिउला थोरै गफगाफ गरौला
जिन्दगी मा केही दिन देखि रमझम भएको छैन
चट्टानले बनेको मान्छे हु आगो ओकल्छु मैले
सम्झिनु हिरा ढुङ्गा संग टक्राएर नरम भएको छैन
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: