आजकालकाे वात भयाे।
समझदारीकाे साथ भयाे।।
महिला र पुरुष एकै सामाजिक।
अस्तित्वविचका दुई जात भयाे।।
कर्मका माझमा वर्ग छुटिन्नअब कतै।
समानता सबैजनकाे साझाहात भयाे।।
जे गर काम गर समयकाे दाैडानसँगै।
सहकार्य सहयाेगिकाे खासपाथ भयाे।।
आखिरीमा रथका दुई प्राङ्गा भनेकाे।
संघर्षकाे मैदानमा आत्मसाथ भयाे।।
जस्ताेसुकै कठिनाईमा सहास दुवैकाे।
काँधमा काँध दिलदेखि संगीसाथ भयाे।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: