तिम्रो र मेरो साईनो , दुर भए पछि
छुट्टिनै पर्ने त्यस्तो, मजबुर भए पछि
अब एक हुन्छौ र?, संका लाग्छ सानू
तिम्रो आफ्नो मेरो आफ्नो, सुर भए पछि
के राम्रो होला र खै, भोलिका दिन हरु
सुरुको कहानी, नै झुर भए पछि
जोडिन्छ भन्ने बिश्वास, रत्ती पनि छैन
सिसा जस्तै मन, चक्नाचुर भए पछि
नजिक हुन खोजे, गुमाउन पर्यो झनै
तिम्रो बन्ने रहर, आतुर भए पछि
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: