उसले एक नजर दरबारमा राखेको छ ।
र पाइला तरबारको धारमा राखेको छ ।
देशमा के छ र ? भन्दै जो खाडी भासियो
बाआमा गाउँ, श्रीमती बजारमा राखेको छ ।
सदियौ देखि जनता ठगिरहेको नेताले पनि
देश बिकासको कुरा प्रचारमा राखेको छ ।
तिमीले त बुझ्न सकिनौ सायद उसको माया
हेर त ! उसले आफ्नो मुटु उपहारमा राखेको छ ।।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: