जिन्दगी जसरी नै चल्दो रैछ
बिना दाउरा आगो बल्दो रैछ
परिस्थितिले ठक्कर दिएसी
जवानी पनि आफै गल्दो रैछ
नियतिले बेर्थै हराए पछि
बल बैँस उमेरमै ढल्दो रैछ
नजरले अन्दाज गर्न नसक्दा
आफ्नै आखाले छल्दो रैछ
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्
Liked by: