कहिलै नभरिने रहरको, झोलि सम्झिदा !!
अतितले सताउछ हरपल,भोलि सम्झिदा !!
मनमा अझैपनि, रहरको मुना पलाउछ;
बचपनमा हिडडुल गर्ने , खोलि सम्झिदा !!
आदर्श भोगाइ नितान्त फरक छ जिवन;
गरिब भनेर हेपिएको त्यो,बोली सम्झिदा !!
आँसु झरि सिरानि, भिज्छ हरेक साझ;
पुरानो फाटेको आमाको ,चोलि सम्झिदा !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: