बाकी रहेन धर्ती बेचिए गगन बेचिए
ब्यापार हुन्छ शहरमा यौवन बेचिए
अब अर्ती उपदेश नदिए हुन्छ हजुर
पैसामा साथी भए सज्जन बेचिए
आफ्नैसम्झिय निष्ठुरीलाउ एकदिन
हृदय निकालीदिए धड्कन बेचिए
बिश्वास गर यानगर बुझ्नेछौँ अवश्य
कतै मन बेचिए त कतै वचन बेचिए
सरकारले कहिले बुझ्छ परदेशमा
कति युवा युवतीका जीवन बेचिए
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: