के को हर्ष ? सुंगुर बस्ने संसद उठेर
के को दुःख ?भष्ट्रहरुको पार्टी फुटेर
सक्छौ भने अदालत, " मरेको न्याय" जगाउ
उम्केका उम्कै छन दैत्य, नारीको अस्मिता लुटेर
बिहान घरमा भऐकी छोरी ,बेलुका मृत भेटिन्छन्
के को न्याय? मन्त्री हुन्छन् तिनै जेलबाट छुटेर
जुन सरकार आएपनि उहि "के जाती "चिरेका
के को खुसी? जनता चुस्ने निती" रातारात जुटेर
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: