त्यो, पागल मन, बिगारी, कहाँ जादैछौ ।
बोकेर ,सपनाको भारी, कहाँ जादैछौ ।।
जिन्दगीको, थकान, मेट्ने, झिनो रहरमा ।
छोडेर ,शितल चौतारी, कहाँ जादैछौ ।।
गाउँ, छाड्दै छौ आज, सुखको खोजिमा ।
बाझै, राखेर आफ्नै,खेतबारी ,कहाँ जादैछौ ।।
बोट् छैन कतै, लटरम्मै सुख फल्ने गरेको।
ब्यर्थै, मेटाइ आफ्नै, चिनारी, कहाँ जाँदैछौ ।।
आखिर, जिन्दगीको अन्त्य, यहि धर्तिमै हुन्छ।
अब जितेर, मृत्यु भन्दा पारी, कहाँ जादैछौ ।।
Liked by: