तिमी र म बिच अब के हाेला खै।
एकातर्फीले मात्र अब के हाेला खै।।
म नै तिम्राे अनि तिमी नै मेराे भन्नलाई ।
आत्मास्वीकार भयनि अब के हाेला खै।।
दुवैकाे कर्मथलाे एउटै कम्पाउण्ड भएता।
सर्विसमा व्यस्थ रहेछि अब के हाेला खै।।
मनकाे चाहना उकुश मुकुश भईरहँदाखेरी।
कुरागर्ने माैका नमिलेसि अब के हाेला खै।।
ईच्छा गरेे उपाय अवश्य आउँछ भन्छन ।
लेखि पठायछि जवाफ अब के हाेला खै।।
हृदयले आटेकाे पुग्दारहेछ सहिठाउँमा ।
रिप्लाई स्वीकारात्मक आयसि अब के हाेला है।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: