पैसै पैसाको कुरा गरेर के काम
अक्सर अर्काको कुरा गरेर के काम
माया त मन देखि मनसंग हुने हो
सुन्दरताको कुरा गरेर के काम
आफूभन्दा सानोलाई सहायता गरौँ
बडा फटाको कुरा गरेर के काम
अनेक उटपट्याङ गर चर्चा कमाईन्छ
वास्तविकताको कुरा गरेर के काम
बहकिनुको पनि हद हुन्छ य जीवन
कर्म गर सपनाको कुरा गरेर के काम
Liked by: