जो छ त्यसैमा रमाउन सकुँ । आफ्नै मिहिनेतले कमाउन सकुँ ।।
जो छ त्यसैमा रमाउन सकुँ ।
आफ्नै मिहिनेतले कमाउन सकुँ ।।
मर्दा साथमा लाने के नै पो छ यहाँ ।
सबैको दिलमा डेरा जमाउन सकुँ ।।
तेरो, मेरो लोभ, मोह भूलेर सबै ।
केवल सत्यको बाटो समाउन सकुँ ।।
कसैसंग केहि माग्न न परोस् ।
माग्नेलार्इ केहि दिन सकुँ ।।
: नहकूल उपाध्याय
nahakul.upadhayaya@gmail.com
तुल्सिपुर, दाङ
हाल दोहा, कतार
Liked by: