को होला र त्यस्तो जसको कुनै विगत छैन ?
चोट र पीडाले हृदय क्षत-विक्षत छैन !!
एउटा एकातिर अनि अर्काको मुन्टो अन्तै,
सबै एक से एक कसैको एकमत छैन ।
सहि गलतको वकालत सञ्जालमै देख्छु,
कसले भन्छ यहाँ निष्पक्ष अदालत छैन ?
बर्बाद हुन्छ भविस्य वर्तमान नचिन्नेको,
जसको खर्च अधिक छ तर बचत छैन ।
धनकै घमण्डमा भुल्छ सारा संसार जस्ले,
लाग्दोहो उसलाई कसैको जरुरत छैन ।
भिड छ बा-आमालाई बृद्धाश्रममा राख्नेको,
छँदैछैन जन्मदाताको केहि इज्जत छैन ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: